arrow

आहा ! गोसाइँकुण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
gosaikunda-2079-kunda.jpg

पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुद्र सतहबाट करिब ४,३८० मिटरको उचाइमा अवस्थित सो कुण्डमा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ, जनैपूर्णिमाका दिन भने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहने गर्दछ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । 

जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि । यहाँको प्राकृतिक बनाबट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ । साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ । 

धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान शिवले समुद्र मंथनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालयखण्डमा आइ आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा गंगाजल (त्रिशुल धारा) उत्पति भएपछि कुण्डमा शयन गरी चिसो पानीद्धारा विषको डाह शान्त पारेको हुँदा गोसाइकुण्डमा त्रिशुल धाराको पानी गोसाइ महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दा माथि पश्चिमपट्टी पाँच कुण्ड छन् ।
   
त्रिशुली नदीको उद्गमस्थल त्रिशुल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ । काठमाडौंबाट विभिन्न बाटो हुँदै गोसाइकुण्ड पुग्न सकिन्छ । 

काठमाडौँबाट धुन्चे हुदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाइकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ । त्यसैगरी सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङ्फेदी तालु कसरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ । त्यसैगरी मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरी गोसाइँकुण्ड पुग्न सकिन्छ ।  

_MG_1136.jpg
आहा ! गोसाइँकुण्ड
_MG_1259.jpg
_MG_1271.jpg
_MG_1453.jpg
_MG_1477.jpg
_MG_1492.jpg
_MG_1846.jpg
Gosaikunda & Bhairabkunda_photo sujan gurung.jpg
Gosaikunda_Photo sujan gurung_MG_1302.jpg
Panorama.jpg
SRG_5328.jpg
SRG_6064.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ