- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरेका छन् । उनले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गर्दै गुरुङलाई महासचिव दिने तयारी गरेको बैठक स्रोतले जनाएको छ ।
बैठक पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरेको पनि बैठक स्रोतले जनाएको छ । यस्तो छ २१ सदस्यीय पदाधिकारीको विवरण–
अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्षः कृष्णबहादुर महरा
महासचिवः देवप्रसाद गुरुङ
उपमहासचिवः वर्षमान पुन, पम्फा भुषाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव
सचिवः दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्षः श्रीराम ढकाल (कार्यालय सचिव पनि)