arrow

एक्काइस सदस्यीय पदाधिकारीको टुंगो लगायो माओवादीले, जनार्दनको असहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
maobadi-kendra.jpg.png

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २१ सदस्यीय पदाधिकारीको टुङ्गो लागेको छ । उनले गरेको प्रस्ताव पारित भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले देवप्रसाद गुरुङलाई पार्टी महासचिव बनाएको छ । 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरालाई तथा उपमहासचिवमा वर्षमान पुन, पम्फा भुषाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मातृका यादवलाई बनाएको छ । 

त्यस्तै  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव बनाइएको छ । 

कोषाध्यक्षः श्रीराम ढकाललाई बनाइएको छ । उनलाई कार्यालय सचिव पनि तोकिएको छ । 

यो निर्णयमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले भने असन्तुष्टि जनाएका छन् । उनले आफूलाई महासचिवको दाबेदारका रुपमा लिँदै आएका थिए । तर विवादित अर्थमन्त्री भएर पनि दोस्रो पटक उही पद पाउँदासमेत उनले भने त्यसलाई गुन सम्झेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ