arrow

प्रचण्डकै नेतृत्वमा समाजवाद आउँछ : जमरकट्टेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
ShalikRam Jamarkattel.jpg

पोखरा । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य शालिकराम जमरकट्टेलले प्रचण्डकै नेतृत्वमा मुलुकमा समाजवाद आउने बताएका छन् । पोखरामा शनिबार नेकपा (माओवादी केन्द्र) धादिङ-पोखरा जनसम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्डको नेतृत्वमा शान्तिपूर्ण ढंगले समाजवादको लक्ष्य हासिल गर्ने स्पष्ट पारे । बागमती प्रदेशका अर्थमन्त्रीसमेत रहेका जमरकट्टेलले कांग्रेस समाजवाद ल्याउने पार्टी नभएको र एमालेको त कुरै गर्न नपर्ने आरोप समेत लगाए ।

उनले भने, ‘कांग्रेस समाजवाद ल्याउने पार्टी नै होइन । अर्को पार्टी एमाले त के कुरा गर्नु । नाम कम्युनिष्ट, राप्रपासँग् गठबन्धन गरेर हिँड्छ । राप्रपा त संघीयता, गणतन्त्र विरोधी पार्टी हो । त्यस्तोसँग हिँड्नेले कसरी समाजवाद ल्याउँछ ?’

उनले देशको परिवर्तनकारी शक्ति माओवादी नै भएको उल्लेख गर्दै उनले जनाधार कमजोर नरहेको बताए । पोखरामा भेला भएका कार्यकर्ताबाट नै जनाधार कस्तो छ भन्ने पुष्टि हुने उनको भनाई थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद जगत सिंखडा, पार्टीका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, कास्की पार्टी इन्चार्ज राजकाजी गुरुङ करण लगायत जिल्ला समन्वय धादिङका प्रमुख नवराज अधिकारी, धादिङ जिल्ला कमिटी अध्यक्ष मनराज भण्डारी, जिल्ला कमिटि सदस्य युवराज खतिवडा, पोखरा महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी, बाग्मती प्रदेश पार्टी सहसचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल लगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद धरेल र सञ्चालन सचिव राजु पाण्डेले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ