- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आदर्शवादी, गान्धीवादी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय वीपीनागर सानेपामा राखिएको थियो ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे निधन भएको थियो ।
उनी आदर्शमा बाँचेका नेता हुन् । उनी चार पटक सांसद भए । तर मन्त्री बन्ने इच्छा कहिल्यै राखेनन् । उनी दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर थिए । अध्ययन र अनुसन्धानमा लिप्त भइरहने उनले नेपालका कम्युनिष्ट नेताहरुालई मार्क्सवाद पढाउँथे ।
एक दर्जन पुस्तकका लेखक गिरीले राजनीतिमा इमानदारी हुनुपर्ने बताउँथे ।