arrow
ADVERTISEMENT

युक्रेन युद्ध : टर्कीका राष्ट्रपतिद्वारा भयानक 'न्युक्लियर डिजास्टर' को चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
erdogan-zelensky-russia-ukraine.jpg
फाइल तस्बिर

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनमा आणविक प्रकोपको चेतावनी दिएका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता पहिलो पटक युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँगको पहिलो आमने सामने वार्तामा एर्दाेगानले यस्तो चेतावनी दिएका हुन् ।

रुसी नियन्त्रित दक्षिणी युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको वरिपरि भइरहेको लडाइँले प्लान्टमा कुनै विस्फोट भयो भने भयानक आणविक (न्युक्लियर डिजास्टर) प्रकोप सिर्जना हुनसक्ने चिन्ता बढेको छ ।

संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेसले जेलेन्स्की एवं एर्दोगानसँगको वार्ताका क्रममा प्लान्टमा हुने कुनै पनि क्षति आत्महत्या जस्तै हुने चेतावनी दिएका छन् ।

गत साताको बिहीबार भएको वार्तापछि एर्दोगानले पूर्वी सहर ल्भिभमा एक पत्रकार सम्मेलनको क्रममा बोल्दै भनेका छन्,'हामी चिन्तित छौँ। हामी अर्को चेरनोबिल चाहँदैनौँ ।' 

तत्कालीन सोभियत सङ्घ अन्तर्गत रहेको युक्रेनमा सन् १९८६ को अप्रिल २६ मा इतिहासकै सबैभन्दा खतरनाक पहिलो चेरनोबिल े न्युक्लियर डिजास्टर भएको थियो । प्लान्ट वरपर रुसी र युक्रेनी सेनाबीच लडाइँ भइरहँदा एर्दोगानले त्यस्तै अर्को भयानक डिजास्टरको चेतावनी दिएका हुन् ।

'समाधान खोज्ने हाम्रो प्रयास जारी रहँदा हामी हाम्रा युक्रेनी साथीहरूको पक्षमा छौँ,' एर्दाेगानले भनेका छन् ।

यस्तै राष्ट्र सङ्घका प्रमुख गुटेरसले प्लान्टको अवस्थाको बारेमा आफू  'गम्भीर चिन्तित' रहेको बताएका छन् । न्युक्लियर प्लान्टबाट सेना हटाउनु आवश्यक रहेको भन्दै उनले 'हामीले यो भन्नै पर्छ कि जापोरिज्जियामा हुने कुनै पनि सम्भावित क्षति आत्महत्या हो।'

चेरनोबिल आणविक दुर्घटनाले चेर्नोबिल ४ रिएक्टरलाई नष्ट गरेको थियो । त्यस क्रममा ३० जना अपरेटर र फायरमैनको मृत्यु भएको थियो भने अर्बौँ डलरको क्षति र पछि कयौँ मान्छेहरूले ज्यान गुमाएको थियो ।

रुसले आफ्नो नियन्त्रणमा ल्याएसँगै अहिले जापोरिज्जिया न्युक्लियर प्लान्ट क्षेत्रमा दुवै पक्षका सेनाहरूबिच लडाइँ चलिरहेको छ । यसले ठूलो सङ्कट निम्त्याउन सक्ने चिन्ता बढेसँगै त्यहाँबाट सेना हटाउन राष्ट्र सङ्घले आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ