- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्न कदम थालेको छ । पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।
तर महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउन थालेको हो । आज महानगरका कर्मचारी तथा महानगर प्रहरी सहितको टोलीले उक्त क्षेत्रका अन्डरग्राउण्ड पार्किङ स्थल भत्काउन थालेको हो ।