arrow
ADVERTISEMENT

आक्रमणको ६ महिना र युक्रेनको स्वतन्त्रता दिवसमा रुसले खतरनाक कदम चाल्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
russia-moscow-ukraine-kiev.jpg

काठमाडौं । अगस्ट २४ युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको दिन र रुसले युक्रेनमाथि आक्रमण गरेको ६ महिना पुग्ने दिनमा मास्कोले थप खतरनाक कदम चाल्न सक्ने भन्दै किभमा चिन्ता बढेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवस समारोहमा रुसले 'विशेष गरी कुरूप' उत्तेजना सुरु गर्न सक्ने चेतावनी दिएका छन् ।

किभबाट आफ्नो रातको सम्बोधनका क्रममा बोल्दै जेलेन्स्कीले मास्कोले बुधबारको वार्षिकोत्सवसँग मिल्नको लागि दक्षिणी बन्दरगाह सहर मारिउपोलमा तीव्र लडाईका क्रममा पक्राउ परेका युक्रेनी सेनाहरूलाई 'असंगत तरिकाले सजायमा' राख्ने प्रयास गर्नसक्ने बताएका छन् ।

उनले यस्तो कार्यले हद पार गर्ने र कुनै वार्तालाप सम्भव नहुने स्थिती सिर्जना गर्ने बताएका छन् । जेलेन्स्कीले भनेका छन् कि 'शत्रुको मुख्य उद्देश्य भनेको हामीलाई अपमानित गर्नु, निराशा, डर र द्वन्द्व रोप्नु हो ।'

'हामी सबै उत्तेजनाको प्रतिरोध गर्न पर्याप्त बलियो हुनुपर्दछ र कब्जा गर्नेहरूलाई उनीहरूको आतंकको सजाय चुकाउनु पर्छ,' उनले अघि भनेका छन् ।

युक्रेनले बुधवार अगस्त २४ मा सोभियत शासनबाट ३१ वर्षको स्वतन्त्रता मनाउने छ । रुसी आक्रमण भएको ठीक छ महिना पूरा भएको दिन पनि यो हुनेछ ।

रूसी मिसाइल आक्रमणको उच्च जोखिमको कारण कीभमा सोमबारदेखि बिहीबारसम्म सामूहिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । यस्तै उत्तर पूर्वी शहर खार्किभमा मंगलबार साँझदेखि बिहीबार बिहानसम्म विस्तारित कर्फ्यू लागू हुने भएको छ।

यस्तै देशभरका अन्य शहरहरूले पनि केही सुरक्षा उपायहरू अपनाएका छन् भने सतर्कता बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ