arrow

लोक सेवालाई खुल्यो परीक्षा लिने बाटो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
loksewa-aayog.jpeg

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी फैसला सुनाएपछि लोक सेवा आयोगलाई परीक्षा लिने बाटो खुलेको छ। कर्मचारी समायोजनविरूद्ध दर्ता भएका ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाएपछि लोकसेवा आयोगलाई परीक्षा लिने र कर्मचारी समायोजनको बाटो खुलेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवासँग सम्बन्धित मुद्दा खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलका अनुसार लोकसेवा आयोगको परीक्षा रोक्नू भनी जति पनि रिट निवेदन दर्ता भएका थिए ती सबै खारेज हुने आदेश भएको छ । 

उनका अनुसार सर्वोच्चको आदेशसँगै लोकसेवा आयोगलाई यसअघि रोकिएका सबै विज्ञापनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ