- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह काठमाडौंका संरचनालाई सही सदूपयोग गर्नेतिर निकै दृढ भएर लागेका छन् । उनको कामको अधिकांश क्षेत्रमा प्रशंसा गरिएको छ ।
सोही क्रममा महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको छ । महानगरले पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो ।
महानगरका प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।