arrow

कसरी समाधान गर्न सकिन्छ अहिलेको भाषिक विवाद ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ १८ शनिबार
Nepali-Language-war.jpeg
काठमाडौं । पछिल्लो सय नेपाली समाज भाषिक विवाद र यसको समाधानको लागि भन्दै एक आपसमा रूमलिँदै हिँडेको देख्न सकिन्छ । एउटै विवादको समाधानको लागि भन्दै भिन्न भिन्न बाटोबाट अहिलेको विवाद नेपाली भाषिक जगतमा चलिरहेको मान्न सकिन्छ । तर यसलाई कसरी समाधान गर्ने र यसललाई समाधानको बाटोमा कसरी लैजाने भन्ने सवालमा भने सबैको आ–आफ्नै तर्क रहेको छ । त्यसैले पनि यो समाधान नहुन सकेको भने अवश्य पनि होला । तर बहसबाट नै यसमने समाधान सम्भव हुन्छ । 
 
आफ्नो गोरुको बाह्रै टक्का यदि नमान्ने हो भने फुल – फूल र यस्ता सीमित केही शब्दमा जुँघे लगाइँ गर्नुको कुनै अर्थ छैन । भाषालाई प्रयोगका आधारमा नै हेर्ने हो भने हाल अण्डालाई जनाउन कसैले पनि फूलको प्रयोग गरेको पाइँदैन । यस आधारमा नियमतः ‘पुष्प’लाई जनाउन फुलको प्रयोग गर्नै नसकिने पनि होइन । विवादकै लागि विवाद गर्न कसैले ‘म फुलको माला लगाउँछु’ भन्यो भने हाँस्दै ‘ए, त्यसले त अण्डाको माला लगाउँछ रे’ भन्नुमा कुनै तुक रहँदैन एकातिर भने अर्कातिर परम्परादेखि चलिआएको फूललाई फुल बनाउनै पर्ने भन्ने पनि केही केही छैन । 
तसर्थ यी दुवै पक्षको तर्क उस्तै युत्तिःहीन र बेतुकको रहेको देखिन्छ । फूल–फुलजस्ता केही विवादित सीमित शब्दहरूको पनि समाधान ननिस्कने अवस्था छैन, केवल ‘मेरो’लाई छोडेर ‘नेपाली भाषा’लाई सोच्नु पर्दछ । 
 
२० योग–वियोगको द्वन्द्व
ह्रस्व र दीर्घ जस्तै द्वन्द्व नेपाली भाषमा योग र वियोगका सन्दर्भमा पनि व्याप्त छ । प्रयोगवादीहरू खास गरी योगमा र नियमवादीहरू वियोगमा केन्द्रित रहेको देखिन्छ । नियमवादीहरूले ४ अक्षरसम्मको अवस्थामा योग गर्न सकिने सकिने एवं सोभन्दा बढी भएमा योजित शब्दहरूको वियोग गर्नुपर्ने मान्यता अगि सारेका छन् तर यस अनुसार भाषिक लेखन स्पष्टभन्दा झनै अस्पष्ट हुन पुगेको देखिन्छ । जस्तैस
प्रयोगवादीका अनुसार नियमवादीका अनुसार
राम प्रसाद               रामप्रसाद                             राम प्रसाद
राम नाथ                 रामनाथ                                  रामनाथ
कवीर नाथ              कवीरनाथ                            कवीर नाथ
श्री प्रसाद                 श्रीप्रसाद                              श्रीप्रसाद
रत्न राज्यलक्ष्मी         रत्नराज्यलक्ष्मी                   रत्न राज्यलक्ष्मी
 
नियमवादीहरूले यसरी ४ अक्षरको दायरा तोक तापनि त्यस बारेमा स्पष्ट तर्क प्रदान गर्न भने सकेका छैनन् । रामसँग प्रसाद आउँदा छुट्टिने तर श्रीसँग प्रसाद आउँदा जोडिने एवं त्यही रामसँग नाथ आउँदा जोडिने र कवीरसँग नाथ आउँदा छुट्टिने भन्ने तर्क युक्तिसङ्गत देखिँदैन । शब्दको योग र वियोग गर्नु भनेको त्यसले प्रदान गर्ने अर्थसँग सम्बन्धित हुनुपर्दछ । 
 
‘नकुलानन्द’ शब्द नकुल र आनन्द मिली बनेको भएतापनि यो एउटै नामपद हो तसर्थ यसको वियोग गर्नु वा संरचनामा परिवर्तन गर्नु गलत कार्य हो र यसले कुनै अर्थ राख्दैन । तसर्थ वियोगवादीहरूले के बुझ्नु जरुरी छ भने श्रीसँग जोडिने प्रसादले छुट्टै अर्थ एवं रामसँग आउने प्रसादले छुट्टै अर्थ राख्ने होइन । जोडिएमा श्रीप्रसाद वा रामप्रसाद नै हुनुपर्छ वा छुट्टिने भएमा श्री प्रसाद र राम प्रसाद नै हुनुपर्दछ । यस्तै समान नियम अर्थका आधारमा अन्य शब्दावलीमा पनि लागु हुनुपर्दछ । सहजताका नाममा चार र पाँच अक्षरको दायरा कोट्याउँदै जाने हो भने भोली रा र म पनि छुट्याउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । 
 
माथि उल्लेखित भनाइको अर्थ योगकै नाममा संस्कृतमा जस्तो २र३ हरफकै शब्द हुनुपर्दछ भन्ने मान्यता राख्नुचाहिँ हुँदैन । भाषालाई सहज सम्प्रेष्य बनाउन अधिकतम वियोग गरी शब्दलाई स्पष्ट र अर्थयुक्त बनाउनु उपयुक्त हुन्छ तर अर्थकै वास्ता नगरी अक्षरको सङ्ख्या गणना गरेर योग र वियोग गर्ने परिपाटी भने किमार्थ राम्रो होइन । 
 
३० सङ्केत लिपिमा द्वन्द्व
       शब्दावलीगत योग–वियोगमा जस्तै द्वन्द्व सङ्केत लिपिमा पनि रहेको छ । नेपाली भाषामा प्रयुक्त एवं खास गरीआधार अक्षर रहेका शब्दहरूको लिपि सङ्केतका क्रममा यी दुई समूहबीच विवाद रहँदै आएको हो । पहिलो अर्थात् प्रयोगवादी समूहले संस्कृत शास्त्रीय ग्रन्थहरूमा जे–जसरी त्यस्ता अक्षरहरू चलाउँदै आइएका थिए वा पूर्ववर्ती भाषाशास्त्री एवं साहित्यकारहरूले जे–जसरी त्यस्ता अक्षरहरू चलाउँदै आइएका थिए वा पूर्ववर्ती भाषाशासत्री एवं साहित्यकारहरूले जे–जसरी ती लिपिका प्रयोग गर्दै आएका थिए, सोही अनुसार ती सङ्केत लिपिहरूको प्रयोग हुनुपर्ने धारणा राखेका छन् भने दोस्रो समूह वा नियमवादीहरूले सहजबोध एवं ग्राह्यताका लागि ती सङ्कत लिपिको प्रयोग जोडेर नभई छुट्याएर गर्नु पर्ने उल्लेख गरेका छन् । जस्तै:
परम्परागत स्वरूप            प्रस्तावित नवीन स्वरूप
    विद्या(द्य)                              विद्या(द्य)
    बुद्धि(द्ध)                              बुद्धि(द्ध)
    जिद्दी(द्द)                              जिद्दी(द्द)
    महत्व(त्व)                          महत्त्व(त्त्)
    शक्ति(क्त)                         शक्ति(क्त)
         संस्कृतमा प्रचलित यस्ता केही लिपि चिह्नहरूको प्रयोग नेपालीमा आउने क्रममा क्रमागत रूपमा यस अगि पनि परिमार्जित हुँदै आएको भने पाइन्छ । जस्तैस
प्राचीन रूप         परिवर्तित नेपाली रूप
पद्म                    पद्म
अङ्करअङ्ग              अङ्करअङ्ग
शङ्ख                    शङ्ख
पर्यो                        पर्‌याे 
सर्वस्व                     सर्वश्व
सम्पन् न                सम्पन्न
लड्डु                  लड्डु आदि । 
 
यी र यस्ता अन्य केही वर्ण लिपिको द्वन्द्व बाहेक खास चिन्ता लिनै पर्ने विषय यसमा रहेको पाइँदैन । उपर्युक्तमध्ये तल्लो तालिकामा देखाइएका उदाहरणहरूले आवश्यकता अनुसार त्यस्ता वर्ण लिपिहरूमा परिवर्तन आउन सक्ने आइरहेका कुरालाई स्पष्ट गराएको छ । यसबाट के पनि स्पष्ट हुन्छ भने शङ्ख को स्वरूप शङ्खमा परिवर्तन हुन सक्दछ भने विद्याको स्वरूप विद्यामा परिवर्तन हुन नसक्ने केही छैन र अन्यमा पनि यस्तो परिवर्तन हुन सकछ र त्यसलाई पचाउन पनि तयार रहनुपर्दछ । यसले सहजता बढाई भाषिक प्रयोग कर्ताको सङ्ख्यामा वृद्धि गर्न सकदछ भने संस्कृतप्रतिको अतिवादी मोहभाव प्रकट गर्नु उपयुक्त देखिँदैन । वास्तवमा द्य नै द्य हो, द्द् नै द्द हो र द् ध नै द्य हो भने यसले संस्कृतप्रति अन्याय गरेको भन्न पनि मिल्दैन । 
 
भाषिक भङ्गालो
मूलतः उपर्युक्त ३ कारणहरूले गर्दा नै हाल नेपाली भाषामा भङ्गालोको अवस्थामा देखा परेको हो । यसमा विवाद निम्त्याउने कार्य कुनै विदेशीले गरेका पनि होइनन् र कुनै अन्य मातृभाषीधारीले गरेका पनि होइनन् । नेपाली भाषालाई नै मातृभाषाका ग्रहण गरी सोही भाषासँग सम्बन्धित भई विद्यावारिधि गरेका र जीवन नै सोही भाषामा अर्पण्न गरेका दिग्गज खस–ब्राहमणहरूले नै यी दुवै पक्षलाई चलाइरहेका छन् ।
 
देशको सरकारी कामकाजको भाषाको रूपमा संविधानद्वारा नै मान्यता प्राप्त गरेको एवं सम्पूर्ण नेपालीहरूको सम्पर्क सूत्रका रूपमा रहेको एकमात्र भाषा नेपाली भाषा नै हो । देशमा भाषिक विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनजस्ता संस्थाहरू सरकारी मातहतमा सञ्चालनमा छन् भने माध्यमिक र उच्च माध्यमिक तहसम्म पनि नेपालीलाई अनिवार्य विषयका रूपमा राखी नेपाली भाषालाई महत्व प्रदान गरिएको छ भने देशकै ठुलो विश्वविद्यालयका रूपमा चर्चित त्रिभुवन विश्वविद्यालयले पनि नेपाली अधिकारीहरू भने उपर्युक्त विवादको बाटो खोली नेपाली भाषालाई तिलाञ्जली दिने क्रममा लागिरहेका छन् । हेरौँ, भाषिक भङ्गालोका केही रोचक नमुनाहरू :
 
१० त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभाग सञ्चालनमा रहेको छ भने शिक्षाशास्त्र सङ्काय अन्तर्गत नेपाली शिक्षण विभाग पनि सञ्चालनमा रहेको छ । एउटै विश्वविद्यालयका हुई विभागहरू वल्लोघर र पल्लोघरमा रहे तापनि त्यसमा पठनपाठनको क्रम भने निकै भिन्न रहेको छ । नेपाली शिक्षण विभाग वियोगवादी वा नियमवादीहरूको केन्द्र नै बन्न पुगेको छ भने नेपाली केन्द्रीय विभागमा योगवादी वा प्रयोगवादीहरूको बहुलता छ ।
 
अझै रोचक त के छ भने पाठ्यक्रम समेत एउटै रहने मानविकी सङ्काय अन्तर्गत रहेका नेपाली विभागहरूमा समेत कयामपसैपिच्छे फरक–फरक नियमहरू लागु हुने गर्दछन् । केन्द्रीय विभागमा रामप्रसाद लैखन सिकाइन्छ भने त्यो रामप्रसाद रत्न राज्यलक्ष्मी लगायतका क्यामपसमा अशुद्ध ठहरिन्छ । सर्वाधिक रोचक कुरा त अझै सम्बनिधत प्राध्यापकैपिच्छे यस्ता योग–वियोग र ह्रस्व–दीर्घका नियमहरू फरक–फरक रहने गरेका छन् । तसर्थ विद्यार्थीले लिखित परीक्षा एवं शोधपत्र लेखनका क्रममा समेत हैरानी खेपिरहनु परेको अवस्था छ ।
 
२० भाषा साहित्यकै विकास गर्ने उद्देश्यले गठित प्रज्ञा प्रतिष्ठानले एउटा निश्चित मापदण्ड तोकी विवादको निरूपण गर्नुपर्ने हो तर सोही प्रज्ञा प्रतिष्ठान नै अहिले एउटा समूहको प्रचारको केन्द्र बन्न पुगेको छ । प्रतिष्ठानले योगवादीहरूलार्य देख्नै नसक्ने र योगवादीहरूले प्रतिष्ठानलाई गन्दै–नगन्ने प्रज्ञा प्रतिष्ठानको अस्तित्व मै प्रश्न चिह्न खडा हुन पुगेको छ । 
 
३० माध्यमिक तहका सबै विद्यालयहरूमा एउटा विषय अनिवार्य नेपालीका रूपमा रहेको हुन्छ र त्यसको पाठ्यक्रम, पाठ्यक्रम विकास केन्द्रले तयार गर्दछ तर पाट्यक्रम विकास केन्द्रका विद्वान्हरूका बीचमै तालमेल हुन नसक्दा खिचडी पाठ्यक्रम बन्ने गरेको पाइएको छ । केन्द्रले कक्षागत रूपमा पाठ्यक्रम विकासका लागि विद्वान्हरू खटाउने भएतापनि तिनै विद्वान्हरूको मतभेदका कारण माध्यमिक तहकै पनि कुनै कक्षामा योगवादी त कुनै कक्षामा वियोगवादी मत अनुसार पाठ्यक्रम निर्माण हुने गरेको पाइन्ट, जसको सिधा असर विद्यार्थीलाई पर्दै आएको छ ।
 
कक्षा ६ मा रामप्रसाद लेख्न सिकेको विद्यार्थीले कक्षा ७ मा सोही रामप्रसाद लेख्दा गलत ठहर्‌याइन्छ भने उसको मनमा नेपाली भाषाप्रति कतिसम्म वितृष्णा पैदा होला रु सो सहजै अनुमान गर्न सकिन्छ । सोही कारण विद्यार्थीहरूमा नेपाली भाषा आकर्षणको नभई भारको विषय बन्न पुगेको र उच्च शिक्षाका क्रममा नेपालीलाई सम्झन पनि नचाहने प्रभाव पर्ने गरेको देखिन्छ । विद्यार्थी त परै जाओस्, शिक्षकहरूमा समेत सोही अस्पष्टताले वितृष्णाभाव पैदा हुने गरेको छ । सोही अवस्था उच्च माध्यमिक तहमा पनि रहेको छ । 
 
भङ्गालोले पारेको चिरा (संघसंस्था र व्यक्तिहरू)
१। योगवादी                        
            क। त्रिभुवन विश्वविद्यालय
                      अ० केन्द्रीय विभागका प्रमुख प्रा।डा। देवीप्रसाद गौतम सहित करिब ८० प्रतिशत  
                      आ० शिक्षाशास्त्र सङ्काय अन्तर्गत करिब २० प्रतिशत
                       इ० आङ्गिक क्याम्पसहरूमा त्रि–चन्द्र, पाटन लगायतका अधिकांश क्यामपसहरू
           ख। माध्यमिक तह, पाठ्यक्रम विकास केन्द्रका करिब ५० प्रतिशत
           ग। उच्च माध्यमिक तह, पाठ्यक्रम विकास केन्द्रका करिब २० प्रतिशत
           घ। नेपाल प्रज्ञा प्रतिष्ठानमा करिब १० प्रतिशत९लुप्तप्रायः०
           ङ। पत्रकारिता करिब ९५ प्रतिशत
            च। भाषिक अभियन्ता डा। बलदेव शर्मा अधिकारी, शब्दकोशकार चूडामणि गौतम लगायत 
२। वियोगवादी
            क। त्रिभुवन विश्वविद्यालय
                          अ० केन्द्रीय विभागका प्रा। डा। व्रतराज आचार्यसहित करिब २० प्रतिशत  
                          आ० शिक्षाशास्त्र सङ्काय अन्तर्गत प्रा। डा। हेमाङ्गराज अधिकारी सहित करिब ८० प्रतिशत
                           इ० आङ्गिक क्याम्पसहरूमा रत्नराज्यलक्ष्मी, पशुपति लगायतका क्यामपसहरू 
            ख। माध्यमिक तह, पाठ्यक्रम विकास केन्द्रका करिब ५० प्रतिशत
             ग। उच्च माध्यमिक तह, पाठ्यक्रम विकास केन्द्रका करिब ८० प्रतिशत
             घ। नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव जीवेन्द्र देव गिरी लगायत करिब ९० प्रतिशत
             ङ। पत्रकारितामा करिब ५ प्रतिशत
समाधानको बाटो
यसरी विकासको क्रममा रहेको तथा अङ्ग्रेजी चिनियाँ, रुसी, जापानी, अरबी, हिन्दी लगायतका विश्वस्तरमा बलियो पकड जमाइसकेका भाषाहरूका सामु प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौती बहन गर्न बाध्य रहेको नेपाली भाषाको विकासका लागि अहिले आन्तरिक विवादको होइन कि सहकार्यको खााचो रहेको छ ।
 
नेपाली भाषामै बाँचेका र त्यसमै मर्न तयार भएकाहरूले क्षणिक् प्रचारलाई भन्दा भाषिक विकासलाई महत्व दिनुपर्दछ । अहिलेको जस्तो भारको अनुभव विद्यार्थिलाई गराउनुहुँदैन । यसको सट्टा नेपाली भाषामा पनि कसरी विश्वव्यापी रचनाहरू तयार गर्न सकिन्छ र विदेशी भूमिमा समेत नेपाली भाषाको अस्तित्वलाई कायम गराउन सकिन्छ भन्ने बारेमा सबै भाषाविद्हरू एवं अभियन्ताहरूको ध्यान जानु जरुरी छ ।
 
नेपाली भाषालाई कसरी सहज र सरल बनाउने एवं अन्यलाई कसरी यस भाषाप्रति आकर्षित गर्ने भन्नेतिर नलागी केवल जुँघे लडाइँमा लागिरहने हो भने भावी पिँढीले नेपाली भाषाको अभियन्ताका रूपमा नभई शत्रुका रूपमा अहिलेका विवादकर्मीहरूलाई चिन्नेछन् । यस बारेमा सचेत हुनु जरुरी छ । 
                                                                   
नोट : यस लेखमा प्रस्तुत गरिएका उदाहरणहरू प्रीति फन्टमा गरिएको एवं अनलाइन संस्करणमा प्रकाशित गर्दा युनिकोडमा जाने भएकाले केही अस्पष्टताहरु देखिएका छन् । त्यस्ता अस्पष्टतालाई पुनः प्रीति फन्टमा लैजाँदा स्पष्ट हुने व्यहोरा अवगत गराउछौँ ।– सं। 
 

 



नयाँ