arrow
ADVERTISEMENT

युरोप जाने ग्यास पाइपलाइन बन्द गर्‍यो रुसले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
china-russia-pipeline-natural-gas.png

काठमाडौं । रुसले बुधवार युरोप ग्यास पठाउने प्रमुख पाइपलाइनमार्फत आपूर्ति रोकेको छ । कम्प्रेसरमा मर्मतको आवश्यकता रहेको बताउँदै रुसले ग्यास आपूर्ति रोकेको हो ।

रूसी राज्य ऊर्जा कम्पनी ग्याजप्रोमले नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट अब सेप्टेम्बर ३ सम्म जर्मनीमा कुनै ग्यास प्रवाह नहुने बताएको छ । नर्ड स्ट्रिम अपरेटरको वेबसाइटले पाइपलाइनमा ग्यासको प्रवाह शून्य देखाएको छ ।

गत जुलाईमा १० दिने मर्मतसम्भार भन्दा फरक यो तीन दिने मर्मतसम्भार करिब दुई हप्ता अघि घोषणा गरिएको थियो । जुनमा नोर्ड स्ट्रिम १ बाट क्षमताको ४० प्रतिशत र जुलाईमा २० प्रतिशत आपूर्ति घटाएको मास्कोले मर्मतसम्भार र प्रतिबन्धहरूलाई दोष दिएको छ ।

नर्ड स्ट्रिम १ मा मर्मतसम्भारको लागि बन्द गर्नु पर्ने भएको भने पनि रुसले बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड र पोल्याण्डमा समेत आपूर्ति पूर्ण रूपमा बन्द गरेको छ ।

युक्रेनमा आक्रमण गरेयता रुसले अन्य पाइपलाइनहरू मार्फत ग्यास प्रवाह घटाएको छ। जर्मनीले २०२४ को मध्यसम्ममा रूसी ग्यास आयात प्रतिस्थापन गर्न खोज्दा यहाँका अर्थमन्त्री रोबर्ट ह्याबेकले नोर्ड स्ट्रिम पूर्ण रूपमा सञ्चालनमा रहेको र मास्कोले भने अनुसार कुनै समस्या नरहेको बताएका थिए ।

युक्रेनमाथिको रुसी आक्रमणपछि युरोपले ग्यास र तेलमा रुसमाथिको निर्भरता कम गरेर हटाउन खोजेको छ । यसकै कारण अहिले युरोपमा उर्जा संकट निम्तिएको छ । यो हिउँदमा आवश्यकता भन्दा करिब १५ प्रतिशत भन्दा बढी उर्जा अभाव हुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ