arrow

महाभियोग सिफारिस समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
4H0A0906.JPG

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक अब आगामी शनिबार भदौ २५ गते बस्ने भएको छ । जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टामात्र बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो ।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् । 

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआईजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए । ४३ वटा प्रश्न रहेकामा अहिलेसम्म मात्र ११ वटा प्रश्न सोधिएको छ । पहिलो दिन गत बुधबार ४ प्रश्न तथा बिहीबार २ प्रश्न सोधिएको थियो । 

अहिलेसम्म तीन दिनमा ११ प्रश्नमात्र सोधिएको हो । छ दिन ढिला गरी समितिको छलफल बोलाइएपछि जबराको बयान लम्बिने निश्चित भएको छ । 

निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानून बमोजिम काम गर्दै आएको बयान दिएका छन् । छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका जबराको महाभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । 

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको हो । 
 
जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ ८ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो । 

जबराविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाभियोग लगाउने आधार र कारण समेटिएको छ ।

जबरा भने आफूले गरेका फैसलामासमेत अडिक हुन सकेका छैनन् । उनले संसद विघटनमा भएको फैसलासमेत दबाबमा भएको भनेर जग हँसाउने जवाफ दिएका छन् । उनको नेतृत्वमा भएको फैसलासमेत मिडिया, बार, नागरिक समाज लगायतको दबाबमा हुनुपरेको भनेका छन् । 

उनले आफैले दिएको आदेशकोसमेत प्रतिरक्षा गर्न नसक्ने उनलाई महाभियोग लगाउनु उपयुक्त नै भएको भन्दै सामाजिक संजालहरुमा टिप्पणी आइरहेका छन् । 

4H0A0906.JPG
महाभियोग सिफारिस समितिको बैठक
4H0A0910.JPG
महाभियोग सिफारिस समितिको बैठक
4H0A0915.JPG
महाभियोग सिफारिस समितिको बैठक
-MG-9721.JPG
महाभियोग सिफारिस समितिको बैठक
-MG-9724.JPG
महाभियोग सिफारिस समितिको बैठक


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ