arrow

गगन थापालाई जिताउन लागे एमालेका मेयरका सहयोगी सुमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
gagan-thapa-sumit-kharel.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधि सभामा जिताउनका लागि एमालेका पूर्वमेयरका सहयोगी सुमित खरेलले सक्रियताका साथ लाग्ने घोषणा गरेका छन् । भावी प्रधानमन्त्रीका रुपमा गगन थापालाई लिन थालिएपछि युवा नेतृत्वको आशाको किरण देखेसँगै काठमाडौं क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवारसमेत रहेका सुमितले थापा जिताउने अभियानमा लाग्ने घोषणा गरेका हुन् । 

उनले आइतबार गगन थापासँग भएको भेटघाटको तस्बिर सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै गगनलाई व्रधानमन्त्री बनाउने अभियानमा सक्रियताका साथ लाग्ने घोषणा गरेका हुन् । 

उनी बुढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धव खरेलका सहयोगी हुन् । उनी एमाले राजनीति त्यागेर स्वतन्त्र उम्मेदवारको रुपमा गत स्थानीय तहमा उम्मेदवार बनेका थिए । 

उनले स्थानीय तहको निर्वाचनमा सम्मानजनक मत ल्याएका थिए । 

उनले गगन थापासँगको तस्बिरसँगसँगै लामो स्टाटस लेख्दै ‘नो नट अगेन’, ‘गगन फर पीएम’ गरी दुई वटा ह्यासट्याग राख्दै फरक यात्राको शीर्षक र बाटो बदलिएको हो गन्तव्य होइन भन्ने उपशीर्षक राखेर आफ्ना भनाइ सार्वजनिक गरेका छन् । 

यस्तो छ उनको स्टाटस–

फरक यात्राको आरम्भ
नो नट अगेन (No Not Again) । सामाजिक सञ्जालमा सबैभन्दा धेरै देखिने नारा र तस्विर। ‘पुर्व भैसकेका प्रधानमन्त्रिहरुलाई यो पटक फेरी नजिताऔँ।’ यो अभियान प्रति मेरो पनि ऐक्यबद्धता छ। सँग सँगै देशभरी स्वतन्त्रको नाममा वैकल्पिक राजनितिक शक्ति बनाउने अभियान छ। सम्भावना (Possibility) र सम्भाव्यता (Probability) शब्द उस्तै लागे पनि यिनमा भिन्नता छ। ‘नो नट अगेन’ ले सफलता पाउन सक्ने सम्भावना जति छ, यसको सम्भाव्यता कम छ। यसको सबैभन्दा महत्वपुर्ण कारण नेपालमा नागरीक भन्दा कार्यकर्ताको शंख्या ठुलो भएकोले पनि हो। नेपाली जनताको जनमत लाई आफ्नो कम्पनिका ग्राहक ठानेर एक दलले अर्को दल सँग हात मिलाउँदा ठुलो जनमतले चाहँदा चाहँदै पनि ‘नो नट अगेन’ प्रभावकारी नहुन सक्छ।  शक्ति र स्रोतको लागी गरिएको जनमत विनिमयले निकट भविष्यमा नै राष्ट्रिय राजनितिमा पुस्तान्तरणको नेपाली सपना पुरा नहुन सक्छ।  ‘नो नट अगेन’ त्यति बेला प्रभावकारी हुनेछ जति बेला प्रणाली भित्र बाट पनि कसैले दाबेदारी देओस। दाबेदारी दिएर संसदको आगामी कार्यकालमा नै कसैले आफु सक्षम छु भन्ने क्षमता प्रदर्शन गरोस। त्यो क्षमता सहितको दाबि गर्ने, आफु प्रधानमन्त्रि भए मुलुक कसरी चलाउँछु भन्ने स्पस्ट खाका (प्रोजेक्ट गभरमेन्ट) भएका गगन थापा लाई समर्थन गर्दै आजै बाट उनलाई प्रधानमन्त्रि बनाउने अभियानमा संलग्न हुने निर्णय लिएको छु।
............................
बाटो बदलिएको हो, गन्तव्य होइन।
स्थानीय निर्वाचनमा जुन सोच र योजनाहरु लिएर म जनताकोमा गएको थिएँ ति योजनाको बारेमा पैरवि गर्ने,  कार्यान्वयनको लागी निरन्तर लागिरहनेछु। 
मेरो यो निर्णयमा असहमति राख्नुहुने सबैसँग माफि पनि माग्न चाहन्छु। धेरैको लागी अप्रत्यासित लाग्ने निर्णयको बारेमा फेरी पनि आगामी भेटहरुमा संवाद गर्दै गरौँला। तपाँईको समय शुभ बितोस्।  

#nonotagain

#gaganforpm

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ