नेपाली महिला टिम पहिलो साफ च्याम्पियनशिप जित्न आतुर, मंगलबार भुटानसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
1.7k
Shares
काठमाडाैं । नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने प्रयासका साथ मैदान उत्रने जनाएको छ ।
काठमाडौँमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टिमका कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ मंगलबारबाट शुरु हुँदैछ ।
नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।