arrow

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
606A5066.JPG

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले इन्द्रजात्रा पर्वलाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । महानगरले आज पत्रकार सम्मेलन गरेर भदौ २४ गते मनाउन लागेको इन्द्रजात्राको महत्वलाई विश्वमाझ चिनाउने रणनीति लिइएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगरपालिकाका नगर प्रमुख वालेन्द्र साहले परम्परागत रुपमा मनाउँदै आएको इन्द्रजात्रालाई अन्तराष्ट्रियकरण गर्ने प्रयास गरिएको बताए । इन्द्रजात्राका बारेमा आफ्नो देशमा गएर प्रचार गरिदिने आशा गर्दै विदेशी पाहुना बोलाएको उनले बताए । जात्रा हेर्ने मात्र नभै काठमाडाैं आएका विदेशी पाहुनालाई अन्य पर्यटकीय क्षेत्र पनि घुम्ने वातावरण बनाउने साहको भनाइ छ । 

उनले भने, "स्थानीय तहबाटमात्र नभएर संघ सरकारबाट पनि विभिन्न देशका प्रतिनिधिहरु पाहुनास्वरुप आउनुहुन्छ । यो एकदमै महत्वपूर्ण जात्रा हो । जुन चाँही ८ दिनसम्म मनाइने गरिन्छ । जुन चाँही आजैबाट शुरुआत भएको छ । रथ तान्ने शुक्रबारबाट सुरु हुँदैछ । यसका लागि हाम्रो अनुरोध के रहनेछ भने यसको विषयमा हामीले सकेसम्म, जति सकिन्छ, उपत्यकाभित्र मात्रै नभएर काठमाण्डौ वरिपरिको जिल्लाहरु मात्रै नभएर, सम्पूर्ण देशबासीकै लागि महत्वपूर्ण जात्रा, यो विश्वमा पनि फैलियोस्, हाम्रो उद्धेश्य चाँही के रहन्छ सधैँ भन्दाखेरी काठमाडाैं ओभरअल हाम्रो देशको चाँही सौन्दर्य भनेकै हाम्रो सम्पदा, मूर्त र अमूर्त सम्पदाहरु हुन् । हाम्रो देश एउटा टुरिजममा अगाडि बढ्न सक्ने देश । हामीकहाँ भएका सम्पदा संरक्षण मात्र सक्यौँ भने टुरिजमलाई माथि लान सक्छौँ ।"

उनले काठमाडौं भक्तपुर र ललितपुरमा रहेका जात्राहरूको छुट्टाछुट्टै महत्व रहेको बताउँदै सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उल्लेख गरे ।  पत्रकार सम्मेलनमा उपप्रमुृख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर इन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन् । उनले सभ्य र भव्य रुपमा अगाडि बढाउनका लागि काठमाडौं महानगरपालिकाले तयारी गरिरहेको बताइन् । इन्द्रजात्रालाई राष्ट्रकै महत्वपूर्ण जात्रा भएकाले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नै परिचित बनाउनुपर्ने उनको भनाइ छ । उनले काठमाडौं महानगरपालिकाको जात्रालाई प्रवद्र्वन गर्ने अथवा राष्ट्रियकरण गर्ने काममा बढिरहेको बताइन् ।

उनले भनिन्, "हाम्रो कार्यकाल पदबहाली गरेको सर्यौ दिन हो । आज हन्ड्रेड डे पनि पुगेको छ । सयौँ दिनमा इन्द्रजात्रा पनि सुरु भएको छ । र सँगसँगै सयौँ दिनसम्ममा, त्यो भनेको थोरै समय हो, थोरै समयमा पनि तयारी गरेर हामीले गेस्टहरु बोलाएका छौँ । जति जना आउनुहुन्छ, उहाँहरुलाई एक जना आए पनि सय जना आए पनि एकदमै महत्वपूर्णका साथ उहाँहरुलाई स्वागत गर्ने, काठमाडौं महानगरपालिकाको जात्रालाई प्रवद्र्धन गर्ने, अन्तराष्ट्रियकरण गर्ने काममा हामी अघि बढिरहेका छौँ ।"

पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन मानन्धरले इन्द्रजात्रालाई सहज रुपमा सभ्य र भव्य तरिकाले मनाउने गरी तयारी भइरहेको जानकारी दिए । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात यः सिं ठड्याएपछि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।

606A5066.JPG
-MG-7821.jpg
-MG-7833.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ