arrow

पुटिन र सी भेट्दै, युरोपले 'औपनिवेशिक शक्ति' जस्तो काम गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
xi-putin1.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युरोपेली राष्ट्रहरूले 'औपनिवेशिक शक्ति'को जस्तै काम गरेको आरोप लगाएका छन् । यस्तै उनले युक्रेनबाट गएको बढी जसो अन्न युरोपले नै राखिरहेको बताउँदै निम्न र मध्यम आय भएका मुलुकहरुले युक्रेनी अन्न पाइरहेको भन्दै युरोपेली मुलुकहरुले झुटाे तथ्यांक देखाएको बताएका छन् ।

भ्लादिभोस्तोकमा आयोजित पूर्वी आर्थिक मञ्चमा आफ्नो उद्घाटन भाषणको क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् । 'युक्रेनबाट निकासी हुने अन्नको ३ प्रतिशत मात्र विकासोन्मुख देशमा जाँदैछ, धेरैजसो युरोपमा जाँदैछ‘ विगत दशकहरूमा युरोपेली देशहरूले औपनिवेशिक शक्तिजस्तो व्यवहार गरेका छन्, आज पनि त्यस्तै व्यवहार गरिरहेका छन्', पुटिनले भनेका छन् ।

'तिनीहरूले एक पटक फेरि विकासशील देशहरूलाई धोका दिए,' उनले अघि भने ।

तथापि सीएनएनएनले भने संयुक्त राष्ट्र संघको मध्यस्थकर्तामा भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभ अन्तर्गत निर्यात ट्र्याक गर्ने संयुक्त राष्ट्र तथ्याङ्कको विश्लेषण अनुसार ५ लाख ६० हजार २ सय ७४ टन अन्न र अन्य खाद्यान्नहरू विश्व बैंकले सेप्टेम्बर ४ सम्म निम्न र मध्यम आयको रूपमा वर्गीकृत गरेको देशहरूमा पुगेको देखाएको छ । जुन ढुवानीको लगभग २७ प्रतिशत हो ।

यसबीच चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता उज्वेकिस्तानमा हुने शिखर सम्मेलनमा भेट्ने भएका छन् । बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार पत्रकारहरूसँग बोल्दै यस्तो बताएको रुसी सरकारी समाचार एजेन्सी टासले जनाएको छ ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा अपेक्षित भेटघाट यस वर्षको सुरुमा युक्रेनमा रुसी आक्रमणपछि घनिष्ठ सम्बन्ध स्थापित गर्ने दुई नेताहरू बीचको पहिलो आमने सामने भेट हुनेछ।

कोरोना भाइरस महामारीको प्रारम्भिक दिनहरू पछि सीको यो पहिलो विदेश यात्रा पनि हुनेछ । एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५ देखि १६ सम्म उज्वेकिस्तानको समरकन्दमा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ