- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन । यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुने गर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ।
विगत केही वर्षदेखि हनुमानढोका परिसरमा कुमारी स्थानीय क्लब र संघसंस्थाले कुमारी पूजा गर्दै आएका छन् । बिहीबार २५४ जना बालिकाहरु पूजामा सहभागी भए । शुक्रबार उनीसहित जीवित देव गणेश र भैरवको रथ यात्रा हुँदैछ ।
बुधबार हनुमानढोकामा लिंगाे ठड्याएसँगै इन्द्रजात्रा शुरु भएको हो ।