arrow

फरक फरक समयको फरक फरक रङ्ग, तस्बिरमा तिलिचो ताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
tilicho-lake.jpg

काठमाडौँ। विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको मनाङ ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल यो तालको रङ्ग समय अनुसार फरक फरक देखिने गर्छ। यो ताल चार हजार नौ सय १९ मिटर उँचाइमा रहेको छ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ। यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरी हिमालको ग्लेसियरबाट निर्माण भएको हो। यस तालबाट अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ। यस तालमा धरै चलचित्रहरू पनि सुटिङ भएका छन्। नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरू आउने गरेका छन्।

Tilicho lake-Nepal Photo Library  (1).JPG
Tilicho lake-Nepal Photo Library  (2).JPG
Tilicho lake-Nepal Photo Library  (3).JPG
Tilicho lake-Nepal Photo Library  (4).JPG
Tilicho lake-Nepal Photo Library  (5).JPG
Tilicho lake-Nepal Photo Library  (6).JPG
Tilicho lake-Nepal Photo Library  (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ