arrow

वर्षाको असर देशैभर, काठमाडौंमा पनि अत्यास [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
raining-kathmandu-mandala.jpg
माइतीघर मण्डला

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

“आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उनले भने ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । हिजो भारी वर्षा भएको थियो भने आज पनि बिहानैदेखि मौसम बदली भएको हो । 

गए राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ । 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस छ ।

_MG_5667.jpg
माइतीघर मण्डला अस्तव्यस्त
_MG_5679.jpg
_MG_5684.jpg
_MG_5695.jpg
_MG_5704.jpg
_MG_5719.jpg
SRG_8926.jpg
SRG_9051.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ