arrow

कपन–बुढानीलकण्ठको डुवान नियन्त्रण गर्न गगन थापाको माग, जोड छुट्टै आयोजनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजधानीको धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारसँग माग गरेका छन् । उनले यसका लागि छुट्टै आयोजना बनाउन पनि सरकारसँग माग गरेका छन् । 

आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नियन्त्रणका लागि विभिन्न निकायले छुट्टाछुट्टै काम गरेकामा अब सरकारले सबैलाई समेटेर एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए । 

उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउना साथ सबैभन्दा धेरै गाली खाने गरेको तीतो यथार्थ सुनाउँदै कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घरहरु बनेकाले यसको संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिएका छन् । 

नेता थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरु वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरुको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्नेमा जोड दिएका छन् । 

उनले सो समस्या समाधानका लागि गम्भीर रहेको भन्दै अगाडि भने, ‘यो क्षत्रमा ढल आउनेबित्तिकै सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा खहरे बग्ने बित्तिकै सबैभन्दा बढी मलाई गाली गर्नुहुन्छ । म यो समस्यामा सिरियस छु । तर यो समाधान गर्न अफ्ठ्यारो अवस्था छ । त्यसका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गरोस् ।’

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी शहरी विकास मन्त्री मेटमणि चौधरीले कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए । सांसद थापाको पहललाई शहरी विकास मन्त्रालयले सतप्रतिशत सहयोग गर्न तयार रहेको भन्दै मन्त्री चौधरीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुने आश्वासन दिए । 

नेता थापाले मतदाताका साना साना समस्यालाई पनि निकै गम्भीर तरिकाले केलाएर हेरिरहेका छन् । उनले यसअघि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि पनि उनले पहल गरेका थिए । 

गत आधा वर्षदेखि उनले मतदाताको स्वास्थ्यका लागिसमेत पनि घरघरमा स्वास्थ्य सेवा पुग्ने गरी काम गरिरहेका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ