arrow
ADVERTISEMENT

अजरबैजानले भन्यो- यो वर्ष युरोपमा ग्यास निर्यात ३० प्रतिशत बढ्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
azerbaijan.jpg

काठमाडौं । अजरबैजानले यो वर्ष युरोपमा आफ्नो ग्यास निर्यात ३० प्रतिशतले बढ्ने बताएको छ । युरोपेली संघ (ईयू) ले रुसी ग्यासमाथिको निर्भरता घटाउने प्रयास गरेसँगै अजरबैजानबाट ग्यास निर्यात बढ्ने भएको हो ।

उर्जा मन्त्री परभिज शाहबाजोभले ट्वीटरमार्फत बाकु (अजरबैजानको राजधानी) ले यस वर्ष अहिलेसम्म युरोपलाई ७.३ अर्ब घनमिटर प्राकृतिक ग्यास आपूर्ति गरेको बताएका छन् ।

'२०२२ मा युरोपमा ग्यासे आपूर्तिको समग्र मात्रा १२ अर्ब घनमिटर हुनेछ,' उनले अघि भनेका छन् । यो संख्या २०२१ मा आपूर्ति गरिएको भोल्युमको तुलनामा ३१ प्रतिशतले बढी हुनेछ ।

गत जुलाईमा ईयूले बाकुसँग अर्को केही वर्षमा अजरबैजानबाट ग्यास आयात दोब्बर गर्न सम्झौता गरेको थियो।

रुसले आपूर्ति कटौती गरेसँगै अहिले युरोपमा उर्जाको मूल्य आकासिएको छ । यो हिउँदमा युरोपले करिब १५ प्रतिशतभन्दा बढी उर्जा अभाव झेल्नु पर्ने अनुमान गरिएको छ । यसैबीच युरोपले उर्जाका लागि रुसी विकल्पहरु बलियो बनाउन लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ