- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा (माओवादी केन्द्र) कास्कीले आशन्न निर्वाचनको उम्मेदवारका लागि ४५ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै गरि ४५ जनाको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट राजकाजी गुरुङ ‘करण’, यशोदा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस भएको छ ।
यस्तै, प्रदेशसभा क्षेत्र नं. १ (क) मा सांसद दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुली र १ (ख) मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको हो ।
यसैगरी क्षेत्र नं. २ मा सुमन देवकोटा र गङ्गा पोखरेल, प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री, २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ ।
यस्तै, क्षेत्र नं. ३ बाट रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ ।
प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टङ्कप्रसाद अधिकारी र तीर्थ लुइँटेल, (ख) बाट अग्नि कँडेल, दुर्गादत्त भण्डारी, त्रिभुवन पौडेल, हरिप्रसाद भण्डारी र गोविन्द अधिकारीलाई सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ सोमती गुरुङ, बखानसिंह तमु, राजकुमारी दुलाल, जुवेदा तुनातुन र अनिता भुर्तेल तथा प्रदेशमा अलिशा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेलको नाम सिफारिस भएको माओवादी केन्द्र कास्कीले जनाएको छ ।