arrow

झान्सुको ऐतिहासिक सम्पदा मोह [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
Li Zhanshu Bhaktapur visit-Nepal Photo-Library (5).jpg

भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका झान्सुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गरेका थिए । 

अध्यक्ष लिसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उनको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गरेका थिए । 

झान्सुले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताएका थिए । उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिएका थिए ।

RS_KTM-20220914093738_008A6629.jpg
RS_KTM-_008A6878.jpg
RS_KTM-_008A6585.jpg
RS_KTM_008A6588.jpg
RS_KTM-_008A6609.jpg
RS_KTM-008A6833.jpg
RS_KTM-20220914100653_008A6843.jpg
Li Zhanshu Bhaktapur visit-Nepal Photo-Library (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ