दशैंका लागि घर जान अग्रिम टिकट लिनेको घुइँचो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
884
Shares
काठमाडौं । यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे अनुसार आजबाट टिकट बुकिङ खुलेको हो ।
यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।
दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडा दर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।
नयाँ बसपार्कसँगै चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाटसमेत अग्रीम टिकट बुकिङ शुरु गरिएको छ ।