arrow

जय विश्वकर्मा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
IMG_1745-17-09-22-10-39.JPG

आज आश्विन संक्रान्ति । यस दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिनको रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मनाउँदै आइएको छ । 

नेपाल लगायत भारतमा पनि विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएको र  सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास छ । विश्वकर्मा पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिने र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।
 

IMG_1747-17-09-22-10-39.JPG
IMG_1746-17-09-22-10-39.JPG
IMG_1745-17-09-22-10-39.JPG
IMG_1744-17-09-22-10-39.JPG
IMG_1743-17-09-22-10-39.JPG
IMG_1742-17-09-22-10-39.JPG
IMG_1741-17-09-22-10-39.JPG
IMG_1757-17-09-22-10-38.JPG
IMG_1756-17-09-22-10-38.JPG
IMG_1755-17-09-22-10-38.JPG
IMG_1754-17-09-22-10-38.JPG
IMG_1753-17-09-22-10-38.JPG
IMG_1752-17-09-22-10-38.JPG
IMG_1751-17-09-22-10-38.JPG
IMG_1750-17-09-22-10-38.JPG
IMG_1749-17-09-22-10-38.JPG
IMG_1748-17-09-22-10-38.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ