arrow

संविधान दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
SRG_0758.jpg

काठमाडौं । आज संविधान दिवस सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी भइन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा उनी सहभागी भएकी हुन् । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । 

_MG_7646.jpg
_MG_7686.jpg
_MG_7713.jpg
_MG_7642.jpg
_MG_7718.jpg
SRG_0690.jpg
SRG_0731.jpg
SRG_0712.jpg
SRG_0750.jpg
SRG_0751.jpg
SRG_0758.jpg
SRG_0789.jpg
SRG_0792.jpg
SRG_0811.jpg
SRG_0863.jpg
SRG_0867.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ