arrow

‘मह जोडी’लाई ईमेज लाइफ टाइम अचिभमेन्ट अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
image-award-2079.jpg

काठमाडौं । ईमेज अवार्डको २२ औं संस्करणमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आयार्यलाई ‘ईमेज लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । काठमाडौंमा भएको अवार्ड समारोहमा नेपालीे हास्यव्यंग्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सो सम्मान प्रदान गरिएको हो ।

अवार्ड कार्यक्रममा बोल्दै हरिवंशले आफूहरुले यसैहप्तामात्रै तीन वटा सम्मान पाएको बताए । नेपाल सरकारले पदक प्रदान गर्दा काठमाडौं महानगरपालिकाले पनि सम्मान गरेको थियो । 

नेपाली सांगीतिक क्षेत्रका विभिन्न १५ विधाको मनोनयनमा परेका हरेक विधाका एक–एकजना उत्कृष्ट स्रष्टाहरुलाई सम्मान गरिएको थियो । समारोहमा यस वर्षको ‘पब्लिक च्वाइस अवार्ड’ मिलन नेवारको ‘फुलबुट्टे साडी’ बोलको गीतका लागि प्रदान गरियो । 

यसैगरी यसै संस्करणमा थप गरिएको नेपहप–र्याप विधामा ‘मेरो देश बिरामी’ बोलको गीतका सर्जक युनिक पोयटले अवार्ड हासिल गरे । 

यस्तै, सर्वोत्कृष्ट पप गायन पुरुषमा माया मारेर गीतका लागि धर्मेन्द्र सेवाङ, महिला पप गायनमा ‘अकस्मात’ गीतका लागि बालिका प्रधानलाई अवार्ड प्रदान गरिएको छ । 

सर्वोत्कृष्ट पुरुष गायनको उपाधि प्रविण बेडवालले हात पार्दा सोही विधामा महिला गायन तर्फको उपाधि अन्जु पन्तले हात पारिन् । 

यसैगरी, सर्वाेत्कृष्ट गीत ‘देखेर तिमीलाई’ का लागि सुजन चापागाइँ र विद्या तिवारीले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट गीत रचनाको उपाधि ‘आफैँ हिँड्ने बाटो’ गीतमा रमेश दाहाल, सर्वोत्कृष्ट संगीत ‘तड्पी तड्पी’मा कर्मा ग्याल्जेन बम्जनले अवार्ड प्राप्त गरे । 

यस्तै, सर्वोत्कृष्ट समूह वा युगल गायनमा ‘नबोली नबोली’ गीतमा प्रविण भेटवाल र समीक्षा अधिकारीले उपाधि हात पारे । 

सर्वोत्कृष्ट गायन लोक गीतमा ‘घुमी घुमी’का लागि सुजन चापागाइँ र शान्तिश्री परियारलाई प्रदान गरियो भने सर्वोत्कृष्ट गायन दोहोरीमा ‘डाँडाघरे साइँली’ बोलको गीतमा स्वरुपराज आचार्य र लक्ष्मी मल्ल उत्कृष्ट घोषित भए । 

यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारमा ‘नुनको भारी’ का लागि भीमसेन कल्याण ठकुरी, सर्वोत्कृष्ठ म्युजिक भिडियो सम्पादकमा पदम सुवेदी र सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा विनयराज पौडेललाई अवार्ड प्रदान गरिएको थियो । नुनको भारी बोलको गीतले  तीनवटा बिधामा उपाधि हासिल गर्न सफल भयो । 

कोरोना संक्रमण कारण गत दुई वर्ष आयोजना हुन नसकेको ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो । 

अवार्ड कार्यक्रममा चर्चित कलाकारहरुले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ