- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन शुरु गरेको छ। असोज ११ देखि शुरु गरिने भनिएको महानगरको यो कार्यक्रम मंगलबार बिहान ८ बजेबाट शुरु भएको हो ।
प्रदर्शनीमार्ग, टुकुचा, खसी बजारबाट अनुगमन शुरु गरिएको हो। यस कार्यक्रमको नेतृत्व महानगरकी उपप्रमुख सुनिता ढंगोलले गरेकी छिन् । यस कार्यक्रममा ३ वटा समूह परिचालन हुने र संघ तथा कार्यालयहरु पनि सहभागी हुने महानगरले बताएको छ।
यस बजार अनुगमनमा सुलभ पसल, तरकारी, माछामासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने छ।