arrow

पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन मैले पनि ढंग पुर्‍याउन सकिन : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
Gagan Thapa.JPG

काठमाडौं । नेपाली कांग्रेस काठमाडाैंले डेंगी नियन्त्रणका लागि घरघरमा पुगेर निशुल्क परिक्षण  सेवा शुरु गरेको छ । डेंगीको प्रकोप फैलिन नदिनका निम्ति पार्टीको सहयोग र नेपाली कांग्रेस संसदको कार्यलयको तर्फबाट यो अभियान सञ्चालन गरेको संसद तथा पार्टी महामन्त्री गगन थापाले बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगीको प्रकोप फैलिदै गएको र त्यसको नियन्त्रणको लागि स्वंयमसेवक र पार्टीका साथीहरुको सहयोगमा घर घरमा पुगेर निशुल्क डेंगी परिक्षण अभियान दशैं तिहारमा पनि नरोकिने उनले बताए । 

‘कोभिडको अनुभवको आधारमा स्वयमसेवक साथीहरुको र पार्टीको सहयोगमा गाउँगाउँमा परिक्षणको अभियान शुरु गरेका छौं । कसैलाई परीक्षण गर्नुपर्ने अवस्था छ भने हाम्रो टोलीको साथीहरु घरमै जानुहुन्छ र सबै निःशुल्क सेवा दिनुहुन्छ आवश्यक परेमा अस्पताल ल्याउने लैजाने गर्नुहुन्छ ।’

कोभिडको समयमा पनि यसरी नै निःशुल्क सेवाहरु प्रदान गरिएको बताँउदै डेंगी परीक्षण गर्नुपर्ने अवस्था भएका बिरामीहरुको लागि हाम्रो टोलीका साथीहरुले घर घरमा गएर सेवा पु-याउने र आवश्यक परेमा अस्पताल लाने र ल्याउने सेवासमेत दिने मिलाएको थापाले बताए । 

एक अर्को प्रसंगमा उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यावस्थापन गर्न नजान्दा पार्टीमा झन् समस्या बढ्दै गएकोे उल्लेख गर्दै भने, ‘पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्‍याउन सकिन ।’

‘सबै डेमोक्रेटिक पार्टी चुनावबाट नेतृत्व चयन हुन्छ त्यहाँभित्र समुहहरु बन्छ । समूहहरुको बीचमा प्रतिस्पर्धा हुन्छ तर उनीहरुले एउटा बोटो समाएको हुन्छ । एउटा विधि बनाएको हुन्छ जुनको कारण पार्टी चल्छ । हाम्रोमा डेमोक्रेटिक पार्टीको जस्तै तर वडादेखि नै चुनाव गर्ने कोसिस चाहिँ गर्यो त्यसबाट लिडरसिपमा पनि पुग्याैं तर त्यसलाई निर्णय गरेर सन्दर्भमा हामीले जानेनौं अहिलेको सभापतिज्यूले पनि जानिराख्नु भएको छैन । मैले पनि जानेको छैन । हामी कसैले पनि ढंग पुराएका छैनौं । तरिका पुराइरहेका छैनौं जसको कारणले गर्दा पार्टी भित्र ठूलो समस्या असन्तुष्टिहरु देखिएको छ । पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन, मैले पनि ढंग पुर्‍याउन सकिन ।’

पार्टीभित्र गुट र उपगुट रहेकाले संगठन परिचालन र संञ्चालनमा समस्या आएकोसमेत बताए । 



 



नयाँ