arrow

लोसपा केन्द्रीय सदस्यसहित एमालेका नेताहरुलाई कांग्रेसमा भित्र्याए गगन थापाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
gagan-thapa-congress-entry-2079.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य सिताराम विश्वकर्मा ‘सागर’ सहित लोसपा नेतासँगै नेकपा एमालेका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

लोसपा केन्द्रीय सदस्यसँगै लोसपा बागमती प्रदेश उपाध्यक्ष नवराज भण्डारी, काठमाडौं जिल्ला उपाध्यक्ष नवराज भण्डारी, माओवादी केन्द्रका नेता मुकुन्दप्रसाद सेढाई, एमाले नेतृ वर्षा सुनारसहितका पाँच दर्जन नेताहरुलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले भित्र्याएका हुन् ।

त्यस्तै नेकपा नेत्रविक्रम चन्द विप्लव समूह छाडेर नेता बेदुकाजी घिमिरे पनि कांग्रेसमा प्रवेश गरेका छन् । 

घिमिरे विप्लव नेकपाका काठमाडौं जिल्ला कार्यसमिति सदस्य एवं सचिवालय सचिव हुन् । उनी बुढानीलकण्ठका इन्चार्जसमेत हुन् । त्यस्तै बुढानीलकण्ठका सहकारी समन्वय समिति संयोजक पनि हुन् । 

उनी २०५८ साल नेकपा माओवादीमा प्रवेश गरेका थिए । उनी त्यहाँबाट छाडेर मोहन वैद्य किरणको पार्टीमा आए । विचार विभाजित हुँदै आएपछि विप्लव छुट्टिएर छुट्टै पार्टी बनाएपछि घिमिरे पनि विप्लवसँगै आए । 

तर उक्त पार्टीमासमेत विचलन आएसँगै घिमिरे गत बैशाख १८ गते राजीनामा दिएर बसेका थिए । उनलाई यसअघि काठमाडौं ४ का एमाले उम्मेदवार राजन भट्टराईले पनि आफ्नो पार्टीमा आउन आग्रह गरेका थिए । तर उनले गगन थापामात्र देश बनाउने नेता भएको भन्दै कांग्रेसमा आएको बताए । 

उनले नेपालमा कम्युनिष्ट पार्टीको नाममा दुर्नाम गरेको भन्दै २१ वर्ष समय व्यतित गरेपछि झल्याँस्स ब्युँझिएको बताए । 

कार्यक्रममा बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले हिजोको दिनमा गगन थापाले संसदमा प्रतिपक्षदेखि अहिलेसम्म उठाएका मुद्दाहरु जायज भएकाले उनलाई जिताउन लाग्नुपर्ने बताए । उनले गगनको क्रियाकलापले काठमाडौं ४ को गरिमा बढेको बताए ।

त्यस्तै महामन्त्री थापाले काठमाडौं ४ मा धेरै काम गरेको स्पष्ट पारे । थापाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा कांग्रेस प्रतिपक्षमा भएको भए पनि काठमाडौं ४ मा भने एकल प्रयासमै धेरै विकासका कामहरु गरेका थिए । 

गोल्फुटारमा भएको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि उपस्थित थिए । निवर्तमान सांसदहरु दिव्यमणी राजराजभण्डारी, नरोत्तम वैद्य, न्हुच्छेनारायण श्रेष्ठ लगायतका नेताहरुसमेत रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ