arrow

गगन थापालाई काठमाडौं ४ बाटै चुनाव लड्न दबाब 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
gagan-thapa-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई काठमाडौं ४ बाटै उम्मेदवारी दिन दबाब बढेको छ । उनले हिजोमात्रै सर्लाही ४ बाट उम्मेदवारी दिने जनाएपछि सोही समाचार हाम्राकुराले राखेको थियो । 

उक्त समाचारपछि देशभरबाट उनलाई काठमाडौं ४ छाड्नु पर्ने परिस्थितिबारे फोन आएको थियो । त्यतिमात्र नभइ उनले दुई पटक प्रत्यक्षबाट जितेको क्षेत्र काठमाडौं ४ का नेता कार्यकर्तासँगै मतदाताले फोन गरेरमात्र नभइ भेटेरसमेत कुनै पनि हालतमा यो क्षेत्र नछाड्न दबाब दिएपछि उनी काठमाडौं ४ बाटै लड्न वाध्य भएका हुन् । 

पार्टीलेसमेत पनि उनलाई काठमाडौं ४ बाटै लड्न दबाब दिएपछि उनले सर्लाही ४ लाई निराश पारेका हुन् । गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने खबरले भने सिंगो मधेस नै उत्साही भएको थियो ।

उनलाई आज स्वागत गर्नका लागि भव्य तयारीसमेत भएको थियो । उनलाई सर्लाही ४ बाट सर्वाधिक फराकिलो अन्तरले जिताउने दाबीसमेत नेताहरुले गरेका थिए ।  

तर विभिन्न परिस्थिति मूल्यांकन गर्दै गगनले दबाब थेग्न नसकी काठमाडौं ४ बाटै उम्मेदवारी दिने मनस्थितिमा पुगेका हुन् । 



नयाँ