arrow

गगनले काठमाडौं‌ ४ बाटै गरे उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
gagan-thapa-nomination-2079.jpg

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ बाटै उम्मेदवारी दिएका छन् । उनी यसअघि सर्लाही ४ बाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा भए पनि अन्तिममा आफू निरन्तर विजयी भएको क्षेत्र काठमाडौं ४ मै उम्मेदवार बनेका हुन् । 

उनी २०६४ मा समानुपातिकमा सांसद भएका थिए भने २०७० र २०७४ सालमा प्रत्यक्षबाट काठमाडौं ४ बाटै विजयी भएका थिए । 

थापाले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

यो क्षेत्रमा थापा सत्ता गठबन्धनका उम्मेदवार हुन् । उनका प्रतिस्पर्धीका रुपमा फेरि पनि नेकपा एमालेबाट डा. राजन भट्टराईले उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा गगनले तीन हजार बढी मतले राजनलाई हराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ