arrow
ADVERTISEMENT

पुटिनले लगाए सैनिक शासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
russian-army.jpg

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन 'मार्सल ल' लागू गरेका छन् ।  रुसले कब्जा गरेको युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा 'मार्सल ल' लागू भएको हो । 

पुटिनले बुधबार 'मैले रूसी महासङ्घका 'डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया' गरी चार क्षेत्रमा 'मार्सल ल' लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,' पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भनेका छन् । 

सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ