arrow

युक्रेनसँग वार्ताका लागि पुटिन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । क्रेमलिनका प्रवक्ता दिमित्रि पेश्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सुरु देखि नै वार्ताका लागि तयार रहेको र अहिले पनि कुनै कुरा नफेरिएको बताएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पुटिन विगतमा भन्दा अहिले वार्ताका लागि झनै लचक भएको भनेपछि क्रेमलिनका प्रवक्ताले यस्तो टिप्पणी गरेका हुन् ।

'हामी आशा बिहिन छैंनौं,' उनले वार्ताबाटै युद्ध बिराम हुने विषयलाई सङ्केत गर्दै भनेका छन् ।

पेश्कोभले अघि भनेका छन्,'यदि तपाईँहरूले याद गर्नु भएको छ भने, पुटिनले विशेष सैन्य अपरेशन भन्दा अघि पनि नेटो र अमेरिकासँग वार्ता गर्न खोजेका थिए ।'

उनले सुरुमा वार्ता भएपछि पनि अहिलेसम्म रुस सोही स्थितिमा तयार रहेको बताउँदै युक्रेनले भने अहिले वार्ता नगर्ने कानुनी बाटो रोजेको बताएका छन् ।

किनकि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनका चार राज्य आफूमा गाभेपछि पुटिन राष्ट्रपति रहेसम्म मास्कोसँग कुनै वार्ता नगर्ने निर्णय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ