arrow

अतिवादी हमलामा कम्तीमा १२ जनाको मृत्यु, २० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
iran-agitation-2022.jpg
तस्बिर – फाइल ।

तेहरान । इरानको दक्षिणी  सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

मारिनेमा  एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ ।

 आक्रमणको  प्रहरीले अनुसन्धान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ