arrow

हिजाब विरोधी शेफ मेहरशाद शाहिदीको जन्मदिनको अघिल्लो दिन हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
hijab.jpg

काठमाडौं ।  इरानका प्रसिद्ध शेफ मेहरशाद शाहिदीको हत्या भएको छ । शाहिदी देशमा चलिरहेको हिजाब विरुद्धको आन्दोलनको एक महत्त्वपूर्ण अभियन्ता रहेका थिए। 

जसका कारण सरकार र प्रहरी उनीसँग निकै आक्रोशित भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १९ बर्सिया शाहिदलाई हिजाबको विरोध गर्दा गत हप्ता पक्राउ गरिएको दाबी गरिएको छ । पछि प्रहरीले शहिदीको शव परिवारलाई बुझाएको थियो । शनिवार शव हस्तान्तरण गरिएको हो ।

शहिदीका परिवारले आफ्नो छोराको प्रहरीले हत्या गरेको दाबी गरेका छन् । परिवारका अनुसार प्रहरीले छोराको हृदयाघातका कारण मृत्यु भएको मिडियालाई बताउन दबाब दिइरहेका छन् । 

शाहिदको हत्या भएको एक दिनपछि उनको जन्मदिन थियो । उनको निधनपछि इरानमा शोकको वातावरण छ । उनको अन्त्येष्टिमा हजारौँ मानिस सहभागी भएका थिए । हिजाब मुसलमान समुदायका महिलाहरूले शिरदेखि घाँटीको मुख्य भागसम्म छोपिने गरी लगाउने एक प्रकारको पातलो पछ्यौरी हो जसको उनले विरोध गर्दै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ