- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इरानले पहिलो पटक रुसलाई ड्रोन बेचेको पुष्टि गरेको छ । तर यसले युक्रेनमा युद्ध शुरु हुनुभन्दा महिनाैंअघि मात्रै ड्रोन बेचेको बताएको छ ।
शनिबार तेहरानमा भएको एक कार्यक्रम पछि पत्रकारहरूसँग कुरा गर्दै विदेश मन्त्री होसेन अमीराबडोल्लाहियानले पश्चिमी अधिकारीहरूको दावीलाई सम्बोधन गर्दै इरानी ड्रोनहरू आक्रमणको लागि मास्कोमा आपूर्ति गरिएको र त्यसमा सतह देखि सतहमा मार हान्ने मिसाइल पनि हुनसक्ने उनले बताएका छन् ।
'मिसाइलको बारेमा उनीहरूको टिप्पणी पूर्ण रूपमा गलत छ र ड्रोनको भाग सही छ। हामीले रुसलाई युक्रेनमा युद्ध हुनुभन्दा महिनौं पहिले सीमित संख्यामा ड्रोनहरू दिएका थियौं', अमिराबडोल्लाहियनले भनेका छन् ।
इरानी अधिकारीहरूले पहिले पनि विभिन्न पटक तेहरानले रुसलाई 'रक्षा' सहयोग गरेको तर क्रेमलिनलाई 'युक्रेन युद्धमा प्रयोग गर्ने उद्देश्यका लागि' हतियार प्रदान नगरेको बताएका थिए ।
अमिरबदुल्लाहियानले शनिबार इरान युद्धमा कुनै पनि पक्षको समर्थन नगरेको र युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।