arrow

इरानले हाइपरसोनिक मिसाइल विकास गरेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
hypersonic messile.jpg

तेहरान । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताएका हुन् । 

आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।”

“नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,” उनले भने । 

हाजिजादेहले भने, “मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना गर्न सक्ने प्रविधि आगामी दशकमा हासिल हुनेछ, यसले शत्रुको एन्टी-मिसाइल प्रणालीलाई निशाना बनाउन सक्छ र यसको उत्पादनले नयाँ पुस्ताका क्षेप्यास्त्रको विकासमा ठूलो फड्को मारेको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ