arrow

दक्षिण कोरियाबाट हजारौं ताेप गोला किनेर युक्रेन पठाउँदै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
artillery shells.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा प्रयोग गर्नका लागि दक्षिण कोरियामा निर्मित एक सय हजार तोपबाट हान्ने गोलाहरू किन्ने योजना बनाएको छ ।

यद्यपि दक्षिण कोरियाले युक्रेनलाई घातक सहायता उपलब्ध नगराउने नीति अँगालेको थियो । तर अमेरिकाले यस्तो गर्न थालेपछि दक्षिण कोरियाले यी गोला अमेरिकी सेना नै प्रयोग गर्छ भन्ने अपेक्षा गर्ने एक अमेरिकी अधिकारीको भनाइ छ ।

सम्झौतासँग जानकार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले अमेरिका र दक्षिण कोरिया युक्रेनलाई पठाउन १ लाख राउन्ड १५५ एमएमका तोपका गोला किन्ने सम्झौताको नजिक पुगेको उल्लेख गरेको छ ।

एक अमेरिकी अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा शुक्रबार रोयटर्स समाचार एजेन्सीसँग बोल्दै वाशिङटनले युक्रेनमा दक्षिण कोरियाली तोपका गोलाहरू पठाउन चाहेको पुष्टि गरेका छन् ।

उक्त अधिकारीले युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) को कोष गोला बारुद किन्न प्रयोग गर्न सकिने बताएका हुन् । तर गोलाहरू अमेरिकी क्षेत्रबाट पठाइने वा दक्षिण कोरियाबाटै भन्ने कुरा स्पष्ट छैन ।

ती अधिकारीले वार्ताको समाचार सार्वजनिक गर्दा सम्झौतामा खतरा हुन सक्ने चेतावनी दिएका छन् ।

गोलाबारुद सम्झौताको रिपोर्टको जवाफ दिँदै दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार 'युक्रेनलाई घातक सहायता प्रदान नगर्नेबारे उसको अडान अपरिवर्तित छ' भन्दै आर्टिलरी (तोप) गोलाको बिक्रीको 'गोपनीय वार्ता'ले अमेरिका नै अन्तिम प्रयोगकर्ता रहने भनेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ