arrow

डीना र आनन्दलाई सगुन खुवाएर स्वागत

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ मंसिर १ बिहिबार
da.jpeg

हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहँदा उम्मेदवारहरूलाई घरदैलोमा व्यस्त रहेका हुन् । यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा–१(ख) का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको विभिन्न वडाको घरदैलोमा व्यस्त रहेका हुन् ।

यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार समितिको आयोजनामा हेटौंडा– २ को संगमचोक, चौकी टोल, मानस चोक, मनकामना चोक, वडा नम्बर ६ को गौरिटार, चुच्चेखोला, लाहुरे टोल, पुतलीबजार, ७ नम्बरको शान्ति टोल, न्यरेनी चिसापानी, वडा नम्बर १० को राम मन्दिर, र १५ नम्बरको रातोमाटेमा भएको छुट्टा छुटै घरदैलोमा मतदाताले सगुन खुवाएर उम्मेदवारहरूलाई स्वागत गरेका थिए । ती वडाहरूमा भएको कोणसभालाई सम्बोधन गर्दै महालक्ष्मी उपाध्याय डिनाले  पटक पटक चुनाव जितेर जाने,५०भन्दा बढी  वर्ष सरकारमा बस्ने र सिन्का नभाच्नेलाई भोट दिने नहुने भन्दै गठबन्धनलाई भोट किन भन्नै कुरा स्पष्ट परेकी थिइन् ।

उनले कोणसभामा केपी ओलीले मतदाताको मतको अपमान गर्दै जनतालाई धोखा दिएको सुनाउँदै प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै हो भनिन् । डिनाले तिनै वडाको घरदैलो र कोणसभालाई सम्बोधनका क्रममा ओलीको तानाशाही प्रवृत्तिले झन्डै देश दुर्घटना परेको कुरा बताइन् ।

त्यसै गरी कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा १(ख) उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डा अरूलाई गाली गर्नु भन्दा पनि काम गरेर देखाउने भएको बताए । पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन् । उनले सभालाई सम्बोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागाउनु पर्ने समय आएको बताए । ’चुनाव जितेर जाने, जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु  बराबर हो’–पराजुलीले भने ।

आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफू सधैँ जनताको दुःख र सुखमा कहिल्यै पछि नहट्ने बताए । पराजुलीले  हारे पनि जिते पनि निरन्तर जनतामाझ रहने उद्घोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिएर जिताउन अपिल गरेका छन् ।

घरदैलोमा कांग्रेसको तर्फबाट प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार कृष्ण कुमारी अग्रवाल, लक्ष्मी श्रेष्ठको पनि सहभागिता रहेको थियो । घरदैलोमा   चुनाव प्रचारप्रसार संयोजक र गठबन्धन आबद्ध दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ