arrow

राष्ट्रिय स्वतन्त्र पार्टीबाट जितपछि सोबिता र विराज [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
biraj and sobita.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छिन् ।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । 

घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा ९माओवादी० केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् । 

 काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर  ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।१० हजार १ सय ५ मत ल्याई   श्रेष्ठ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । श्रेष्ठले सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरे ।  

4H0A7632.JPG
4H0A7665.JPG
4H0A7700.JPG
4H0A7720.JPG
4H0A7739.JPG
4H0A7750.JPG
4H0A7754.JPG
0ae11409-2c30-424d-ab27-427551f109ea.jpg
ce5f02e6-9bdd-4f42-bace-5c4d40658c0a.jpg
c851129f-bb77-4dc3-ab5c-84fce09885d8.jpg
bc0dfce5-c533-4fcc-a3ce-709bd4692108.jpg
c886b616-c68e-4b02-904d-1eaaf0b87b8b.jpg
2416f3f9-90d3-4bed-9060-80260624f059.jpg
ecce020b-5887-4e60-a32d-bbe0a7460611.jpg
1526379a-c401-4a1b-9365-180cf792b31b.jpg
555c612d-5db9-4eee-9261-f0c83adcccb3.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ