arrow

विवाह पञ्चमी महामहोत्सवमा तिलकोत्सव [फोटोफिचर]

logo
निरञ्जन साह,
प्रकाशित २०७९ मंसिर १० शनिबार
janakpur-janakinagar-2079.jpg

जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिबार तिलकोत्सव सम्पन्न भएको छ । शनिबार विवाह पञ्चमीको चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न भएको हो । 

त्रेता युगमा भगवान् राम र सीताको शुभ विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत तिलकोत्सव मनाइएको हो । 

विवाहपञ्चमी भन्दा दुई दिन पूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण हुने गरेको छ । यस अवसरमा स्थानीय श्री राम युवा कमिटीले जन्तीको बन्दोवस्त गर्ने गरेको छ भने श्री महावीर युवा कमिटीले जानकी मन्दिरको तर्फबाट अर्थात् सराती बेहुलीको पक्षमा रहने गरी सम्धी मिलान कार्यक्रममा सहभागी हुने गरेका छन् ।

सो अवसरमा राम र राजदेवी मन्दिरको प्रांगणमा शनिबार बेलुका श्रद्धालु भक्तजनहरुको व्यापक भीड लागेको छ । भारतीय तथा नेपालका गरी हजारौँ भक्तजनहरुको अगाडि सम्धी मिलानमा जानकी मन्दिरका महन्थ जानकीको बुबा र राम मन्दिरका महन्थ भगवान रामको बुबाको रुपमा सहभागी रहनु भएको थियो । 

तिलकोत्सव हुनु भन्दा पूर्व जानकी मन्दिरवाट १ सय १ वटा पाहुर ९ भिष्ठार सहितको भार राम मन्दिरमा पठाइएको छ । पाहुरलाई लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव स्वयं राम मन्दिर पुगेका थिए । 

जानकी मन्दिरबाट भगवान् रामको तिलकोत्सवका लागि कोसेली स्वरूप ‘भार’ बाजागाजासहित यस पटक जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव साधु सन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधि सहित राम मन्दिर पुगेका थिए । 

तिलकोत्सव कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर  ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जुलीकुमारी महतो, प्रदेश सभाका सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह र धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको उपस्थित रहेको  थियो ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आइतबार मटकोर विधि तथा मंसिर १२ गते स्वयंम्बर तथा राति जानकी मन्दिरको प्राङ्गणमा आकर्षक मण्डपमा शुभ विवाह तथा मंसिर १३ गते राम कलेवासहित विवाह पञ्चमीको समापन गर्ने कार्यक्रम रहेका छन् ।

316891788_1055043278652146_3668495147448015209_n.jpg
तिलकोत्सव
317000519_1515393718908683_17352413794978951_n.jpg
316546017_1110461286314405_1296131322187360691_n.jpg
316586508_1893373617682448_8774855679168902861_n.jpg
316710460_806434283755185_76165147622150980_n.jpg
316576183_5835872666435078_7048355459068708384_n.jpg
316877174_509149667912838_2349603711924640254_n.jpg
316831997_2043478832522790_6434614753681411086_n.jpg
316319805_1867515576940138_5295067386901766868_n.jpg
317015636_3400158783597315_2130405070809194301_n.jpg
316481423_1799973067032716_4497391422245938167_n.jpg
316875119_843258626995019_151335827723414541_n.jpg
317091901_1274051199824645_4602175597611168679_n.jpg
316799270_1422818831578482_7481731496162222389_n.jpg
316853928_700526268072254_555586569002368587_n.jpg
315229673_1650670115330403_7635707302326406170_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ