arrow

मटकोर विधि सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
vivah-panchamai-matkor-bidhi.jpg

जनकपुर । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आइतबार मटकोर विधि सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गङ्गासागरमा माटो खन्ने गरिन्छ । जसलाई मटकोर विधि भनिन्छ ।  

गङ्गासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षुभिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा आइतबार ‘सेभ हिस्टोरिकल जनकपुरधाम’ले गङ्गा आरतीको आयोजना गरेको थियो । 

सो अवसरमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू गाएका थिए । मटकोर विधि हेर्न गङ्गासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता थियो । मटकोर विधिबाट उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत भोलि सोमबार दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाह हुनेछ ।

सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत यही मङ्सिर १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरूलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ ।

316802770_1071059040231237_3291440566621944985_n.jpg
मटकोर विधि
316835833_819980845929673_8908262242607891962_n.jpg
मटकोर विधि
316839387_3288226028093838_4391242398556851307_n.jpg
मटकोर विधि
316841205_6258538957508231_3603737229221420879_n.jpg
मटकोर विधि
316867432_1509006116192358_5731100511093140494_n.jpg
मटकोर विधि
316872898_479726794252434_1997845195063278366_n.jpg
मटकोर विधि
316886942_867075584299857_2185985752196014702_n.jpg
मटकोर विधि
316886946_506309034776130_1014871702392550176_n.jpg
मटकोर विधि
316914043_1584937348622999_4834388403326778830_n.jpg
मटकोर विधि
316919429_682982349879745_6923069775835382700_n.jpg
मटकोर विधि
316990552_1736565513396815_7939994315078007261_n.jpg
मटकोर विधि
316995523_863854207979645_890063751682245111_n.jpg
मटकोर विधि
317053935_2396492700500492_3415139209272357676_n.jpg
मटकोर विधि
317088989_2254399171386280_2930977816779943349_n.jpg
मटकोर विधि
317116204_804864497242663_4487834804023439661_n.jpg
मटकोर विधि
317258717_544959317075951_3406327691571368954_n.jpg
मटकोर विधि


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ