arrow

रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
iran-flag.gif

तेहरान । इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई गोली हानेर हत्या भएको छ । इस्फाहानको मध्य सहरमा भएको आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको  स्थानीय डेपुटी गभर्नर मोहम्मद–रेजा जन्नेसरीले जानकारी दिए ।

ती व्यक्ति आइआरजीसी बसिज मिलिशियाको सदस्य रहेको बताइएको छ  । नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार प्रहार गर्दा एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको मृत्यु भएको थियो । 

दुई महिनाभन्दा बढी लामो समयदेखि चलेको विरोधले इस्लामिक गणतन्त्र इरान अस्तव्यस्त छ। १६ सेप्टेम्बरमा एक युवतीको मृत्युको विरोधमा इरानभर प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ