arrow

टर्कीमा विमान दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
Mexico-plane-crash.jpg

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको इहलास समाचार एजेन्सीले जनाएको छ ।

प्रान्तको येनिसेहिर सहरको युनुसेली विमानस्थलबाट दिउँसो ३:४० मा उडान भरेपछि सोही प्रान्तको सहरको ओस्मान्गाजी जिल्लामा रहेको संयुक्त प्राकृतिक ग्यास चक्र पावर प्लान्ट नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

पाइलट र जहाजमा रहेका अर्का व्यक्तिको मृत्यु भएको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ