arrow

चीन सम्बन्ध सुधार्ने नयाँ प्रयास, उच्चस्तरीय अमेरिकी टोली भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
America-US-China.jpeg

काठमाडौं । गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले बिग्रिएको सम्बन्ध सुधार्ने प्रतिबद्धता गरेपछि अमेरिकी सरकारले आफ्नो पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल चीन पठाइरहेको छ।

डिसेम्बर ११ देखि १४ सम्मको भ्रमणमा पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि अमेरिकी विदेमन्त्रालयका सहायक सचिव डेनियल क्रिटेनब्रिंक र चीन र ताइवानका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लौरा रोजेनबर्गर सहभागी रहनेछन् ।

दुवैले चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने भएका छन् । क्रिटेनब्रिंकको चीन भ्रमण गत महिना सीसँग बालीमा बाइडेनको भेटपछिको नयाँ चीन-अमेरिका भेटवार्ता हो।

गत महिना दुवै राष्ट्र प्रमुखहरुले  'हाम्रा दुई देशहरू बीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न जारी राख्ने र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्ने' प्रतिबद्धता गरेका थिए ।

क्रिटेनब्रिंकले सन् २०२३ को शुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको लागि पनि तयारी गर्ने बताइएको छ । यो चार वर्षमा शीर्ष अमेरिकी कूटनीतिज्ञको पहिलो भ्रमण हो ।

संयुक्त राज्य अमेरिका र चीन संसारका दुई ठूला अर्थतन्त्रहरू हुन्, तिनीहरूले सेनामा अन्य कुनै पनि राष्ट्रहरू भन्दा बढी खर्च गर्छन् र भयंकर रणनीतिक प्रतिस्पर्धामा रहेका छन् । 

बालीमा भएको भेटमा दुई नेताले ताइवानको भविष्य, चिनियाँ उच्च प्रविधिको आयातमा अमेरिकी प्रतिबन्ध र विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने चीनको चाल लगायतका विवादित विषयमा छलफल गरेका थिए । 

बाइडेनले नयाँ शीतयुद्धको आवश्यकता छैन भनी घोषणा गर्दै सीसँगको भेट गरेका थिए भने, सीले बाइडेनलाई दुई देशहरूको साझा हितका विषय धेरै भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ