arrow

पाँच वर्षमा तीन सरकार तर बनेन प्रदेशसभा भवन, चलिरहेको हल लाखौँ खर्च गरेर सिङ्गारिँदै

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ मंसिर २६ सोमबार
bbb.jpg

हेटौंडा । संघीयता कार्यान्वयन पछिको बागमती प्रदेश सभाको दोस्रो कार्यकाल शुरु हुँदैछ । तर प्रदेशको सभा संचालन हुने भवन भने अझै अलपत्र अवस्थामा छ ।

प्रदेश सभाको आफ्नै भवनको निर्माण कार्य नसकिएकाले दोस्रो कार्यकालको सभा पनि पुरानै हलमा हुने भएको हो । करोडौं खर्च गरेर भवन निर्माण भैरहँदा बागमतीको प्रदेश सभा सचिवालयले भने केही दिन अगाडिसम्म बैठक संचालन भैरहेको सभाहललाई लाखौँ खर्च गरेर मर्मत गरिरहेको छ । प्रदेशमा नयाँ सांसद राख्न राम्रैसँग चलिरहेको हल फुटाएर रङ्गरोगन सजावटसहित मर्मत गरिएको हो । 

तत्कालीन समयमा हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेश सभा सचिवालय स्थापना गरिएको थियो । २०७६ पुस २७ गते सोही भवनबाट प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय टुङ्गिएसँगै भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश सभा भवन बनाउने प्रक्रिया शुरु गरेको थियो तर हालसम्म उक्त भवन बनेको छैन ।

उता प्रदेश सभा सचिवालयले भने ठीकठाक अवस्थामा रहेको हल भत्काएर लाखौँ रकम पुनः पुरानै सभाहलमा खर्च गरेको छ ।  निर्माणाधीन भवनको निर्माण चाँडो सकेर संचालन गर्नेतर्फ ध्यान नदिइ सरकारको रकम पुरानो र अस्थायी संरचनामै खर्च भैरहेको छ ।

बागमती प्रदेश सभाबाट पाँच वर्षको अवधिमा तीन वटा सरकार बन्यो। तर कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो नदिँदा प्रदेश सभाको दोस्रो कार्यकाल पनि पुरानै साँघुरो भवनमा शुरु हुँदैछ । त्यतिमात्र होइन सरकारकै उदासिनताले अहिले लाखौँ रकम थप खर्च भैरहेको छ । यसलाई सचिवालयले भने फजुल खर्च मान्दैन ।

करिव ६-७ लाख खर्च भएको र यो खर्चलाई फजुल मान्न नमिल्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । ‘हामीले रङ्ग, फल सिलिंग लगायतका काम गरेका हौँ, यसलाई फजुल खर्च भन्न मिल्दैन’’ उनले भने’ । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची/सगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ। २०७९ वैशाख १ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सभाहलको हालसम्म ८० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ।

२०७७ साल कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा प्रदेशसभा भवन निर्माणको सम्झौता भएको भवनको बागमती प्रदेशसभाको तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले ०७७ मंसिर १० गते शिलान्यास गरेका थिए। तर यसअघिको सरकारको उदासिनताका कारण दोस्रो कार्यकालको संसद पनि पुरानैमा चल्ने भएको छ । त्यतिमात्र नभई पुरानो सभाहलमा मर्मतका नाममा प्रदेश सभा सचिवालयले लाखौँ फजुल गर्छ गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ