arrow

छिमेकमा बढ्दै कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
covid-china-economy-2022.jpg
तस्बिर – फाइल ।

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । 

सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् । 

‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिंगमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।

देशले भाइरससँगै बाँच्नको लागि शून्य–कोविड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अबलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ