arrow

निर्वाचन आयोगको ‘सक्सेस पार्टी’ [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
election commission success party.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छिन् । कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भए । 

पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद्, सवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र  विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्र तथा तह र तप्काका लब्धप्रतिष्ठित व्यक्तिहरु पनि समारोहमा उपस्थित थिए । 

समारोहस्थलमा अतिथिहरुलाई प्रमुख निर्वाचन आयु्क्त दिनेशकुमार थपलिया र अन्य आयुक्तले स्वागत तथा अभिवादन गरेका थिए । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको मूल नारासहित आयोगले ती दुवै तहको निर्वाचन सम्पन्न गरी गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो । 

उक्त  निर्वाचनबाट करिब ३३ प्रतिशत महिलासहित प्रतिनिधि सभातर्फ दुई सय ७५ तथा प्रदेशसभा सदस्यतर्फ पाँच सय ५० नयाँ जनप्रतिनिधिको चयन भएको छ । 

आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । 

319167730_3231652383814819_7329678117685389702_n.jpg.jpg
सफलताको चियापान
319674544_881090893305972_2500541603207202344_n.jpg.jpg
319720469_1581766688961408_3269984666795938506_n.jpg.jpg
319868515_652882266628318_9043552136276149344_n.jpg.jpg
320093226_3253821098264315_7402639515023835052_n.jpg.jpg
320209932_1304808447026272_2250638277615722506_n.jpg.jpg
320233775_5874274442592794_8413559975227757408_n.jpg.jpg
320377856_3387889181430267_6378335174230263320_n.jpg.jpg
320382176_668534695001431_5172536916859479736_n.jpg.jpg
320498982_820055182421354_6570105133051349670_n.jpg.jpg
320588328_941216776857666_158444007714474732_n.jpg.jpg
RS_KTM-20221219135920_008A2754.jpg
RS_KTM-20221219140415_008A2798.jpg
RS_KTM-20221219140453_008A2804.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ